काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पर्वत गुरुङले जिम्मेवारीअनुसार काम गर्न आफु तल्लिन रहेको बताएका छन् ।
आफू मन्त्रालयको जिम्मेवारीमा आउँदा कोभिड-१९ ले मुलुक गाँजिएको र नेपालको राजनीति पनि कोभिड जतिकै संक्रमित भएकाले चाहेकोजस्तो काम गर्ने वातावरण प्राप्त नभएको उनले बताएका हुन् ।
तर पनि आफूले जिम्मेवारी पूरा गर्नमा तल्लिन रहेको उनले प्रष्ट पारे । आदिबासी जनजाति पत्रकार महासंघको केन्द्रीय सचिवालयका पदाधिकारीहरुसँग बुधबार विहान छलफल गर्दै मन्त्री गुरुङले त्यस्तो बताए ।
आफू मन्त्रालयको जिम्मेवारीमा आएको दुई महिना पूरा भएपनि चाहेकोजस्तो काम अझै गर्न नसकेको उनले बताए । उनले कामको शुरुवात राम्रो भएको र केही परिणाम पनि हात लागिसकेको चर्चा गरे । नेकपा भित्रको विवाद पुस महिनाभित्र केही न केही निस्कर्षमा पुग्ने विश्वास उनले व्यक्त गरे ।
तपाईको प्रतिक्रिया