अमेरिका । कोरोनाविरूद्धको पहिलो खोप योर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई लगाएर खोप अभियान थालिएको छ ।
सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन् । उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ ।
त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेका छन् । आउँदो अप्रिलसम्म अमेरिकामा १० करोड मानिसलाई खोप दिइने अपेक्षा गरिएको छ ।-एजेन्सी
तपाईको प्रतिक्रिया