काठमाडौं। काँकडिभट्टा–इनरुवा खण्डले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो चौमासिकमा प्रवेश नै नपाएको भेटिएको छ ।
विवादित भई ठेक्का नै रद्द गरिएको पूर्व–पश्चिमी विद्युतीय रेलमार्गको काँकडिभट्टा–इनरुवा खण्डले पहिलो चौमासिकमा प्रवेश नै नपाएको भेटिएको हो । रेल विभागको पहिलो चौमासिक प्रगति प्रतिवेदनमा उक्त खण्डका विषयमा कुनै विषय नै उल्लेख गरिएको छैन ।
यद्यपि विभागका अधिकारी भने उक्त खण्डको ठेक्का निकाल्ने विषयमा तयारी गरिरहेको बताउँदै आएका छन् । गत असार १४ र १७ गते ठूलो लगानीको उक्त खण्डको ठेक्का निकाली सीमित निर्माण व्यवसायीलाई दिने तयारी गरेको भन्दै चर्को आलोचना भएपछि विभागले भदौ २३ गते ठेक्का नै रद्द गरेको थियो ।
तपाईको प्रतिक्रिया