इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी फुट्न नदिने बताएका छन् ।
सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा फुट्न र टुट्नका नबनेको बताउँदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।
नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताए ।
उनले भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने,“अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”
तपाईको प्रतिक्रिया