काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिसँगको भेटवार्ता नियमित भइरहेको छ ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैबीच, नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अपराह्न बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया