सप्तरी (फत्तेपुर) । भगनीमा किसानहरु प्रदर्शन गरेका छन् ।
मल नपाएको भन्दै आक्रोश पोख्दै सप्तरी जिल्लाको सप्तकोशी नं.पा.- १० भगनी चोकमै किसानहरु आज बुधबार बिहान प्रदर्शन गरेका हुन् ।
अहिले गेहु बालीमा मल हाल्ने मुख्य समय हो । यस्तो समयमा मल नपाउनाले किसानहरु चिनतामा परेका छन् । उनीहरुले तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन् ।
किसानले सडकमै प्रदर्शन गरेपछि प्रहरीले किसानलाई सडकबाट हटाएका थिए । मलको पर्खाइमा धेरै दिनदेखि बजार धाएको तर मल नपाएपछि बाध्य भएर नाराबाजी गरिएको किसानहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया