महोत्तरी । हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ।
औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा भीषण आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण गरिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए।
‘आइतबार साँझ साँढे सात बजेदेखि गोदामबाट धुँवा आएपछि आगलागी भएको व्यवसायीले पत्तो पाएका थिए। व्यवसायी महेश साहले आफ्नै घरको तल्लो फ्लाइटमा हार्डवेयरको गोदाम राखेका थिए। माथिल्लो तल्लामा पारिवारिक बसाई र केही कोठा भाडामा लगाएका थिए।
महोत्तरीको बर्दिबास, जलेश्वरनाथ नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, जनकपुर उपमहानगपालिकाबाट गएको दमकलले फैलिएको आगो राति साढे ११ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।
तपाईको प्रतिक्रिया