काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छठ पर्वको अवसरमा सम्पूर्णमा शुभकामना दिएका छन् ।
सूर्य उपासनाको महान् लोकपर्व छठका अवसरमा व्रतालु, श्रद्धालुलगायत सबै आस्थानत व्यक्तिहरूको सुख, समृद्धि र आरोग्यको कामना गर्दै मन्त्री साहले सम्पूर्णमा शुभकामना दिएका हुन् ।
मन्त्री साहले शुभकामनापत्र जारी गर्दै सबैमा शुभकामना दिएका छन् । शुभकामना उनले ‘सूर्य उपासनाको महान् लोकपर्व छठका अवसरमा व्रतालु, श्रद्धालुलगायत सबै आस्थानत व्यक्तिहरूको सुख, समृद्धि र आरोग्यको कामना गर्दछु । जीवन र जगतको स्रोत सूर्यदेवप्रति कृतज्ञता प्रकटीकरणका लागि गरिने पूजाअर्चनाले प्रकृतिप्रति मानवीय अपेक्षा, चासो र लगावलाई अभिव्यक्त गर्दै आएको छ ।
जीवनदायिनी शक्ति सूर्यले हामीलाई जीवन र बोटबिरुवालाई भोजन उपलब्ध गराउँदछ । जसबाट यस पृथ्वीमा जीवन अस्तित्वले निरन्तरता पाउँदै आएको छ । यस अर्थमा हामी छठ पर्वलाई जीवन–संस्कृतिको अभिन्न र अविछिन्न अंग बनाएका छौं ।
कठोर निर्जल व्रत छठले शारीरिक तथा मानसिक शुद्धता एवं पवित्रताको सन्देश पनि दिन्छ । समानता र सद्भावको अनौठो यो अवसरले प्रकृतिप्रदत्त शक्तिप्रति आभारभाव मात्र होइन, उच्चतम मूल्यमा आधारित मानवीय मर्यादाले परिपूर्ण समुदायको झाँकी पनि प्रस्तुत गर्दै आएको छ ।
यस पर्वको सन्देशबाट प्रेरित हुँदै समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको पथमा हामी अग्रसर हुने संकल्प लिने यो बेलामा फेरि पनि सबैमा शुभकामना ।’ लेखेका छन् ।
तपाईको प्रतिक्रिया