जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेश पेश गर्न लागेको छ ।
आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश २ सरकारले अध्यादेश पेश गर्न लागेको हो ।
प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा स्वीकृत भएपछि आज अर्को अध्यादेश पेश गर्न लागेको छ।
प्रदेशसकारको तर्फबाट सामाजिक विकास मन्त्री नवल किशोर साहले सो अध्यादेश पेश गर्नेछन् भने उनले पेश गर्ने अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रीक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
अध्यादेश अस्वीकृत गर्ने प्रस्तावमा छलफल पश्चात मन्त्री साहले जवाफ दिने र मन्त्रीले अध्यादेश पेश गरेपछि पुनः छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजकै बैठकमा यस अध्यादेशलाई स्वीकृत गर्ने कार्यसूची रहेको छ ।
तपाईको प्रतिक्रिया