सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या८ लाख २५ हजार ४४५ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ३ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया