काठमाडौं । भारतमा करिब तीन करोड व्यक्तिले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।
भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका हुन् ।
भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया