बेइजिङ । चीनको सुनखानीमा फसेका ११ जना मजदुरलाई उद्धार गरेको छ ।
चीनको पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका हुन् ।
यस खानीमा अझै ११ जनाभित्रै फसेको अधिकारीहरुले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदुरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रसारण संस्था सीसीटीभीले जनाएको छ ।
स्थानीय समयानुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिमपटक दुईजना मजदुरलाई बाहिर निकालिएको थियो । योसहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ । हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराइमा ती मजदुरहरु गत जनवरी १० मा फसेका थिए ।
तपाईको प्रतिक्रिया