एजेन्सी। सेरम इन्स्टिच्युट इन्डियामा भिषण आगलागी भएको छ ।
विश्वकै सबैभन्दा ठुलो परिमाणको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट इन्डियामा बिहिबार लागेको आगलागीबाट अरबौंको क्षति भएको कम्पनिका प्रमुख कार्यकारी निर्देशक अडर पुनावालाले जानकारी दिएका हुन् । उक्त घटनामा पाँच जना कामदारको मृत्यु समेत भएको जनाइएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार पुनावालाले आफू कुरा गर्ने मुडमा नभएको भन्दै बीसीजी, रोटाभाइरस भ्याक्सिनलगायत धेरै उत्पादनहरु नष्ट भएको जानकारी दिएका छन् । पुनावालेले मृतकहरुलाई प्रति परिवार २५ लाख भारु दिने जनाएका छन् । नयाँ भवनमा आगलागी हुँदा ठुलो क्षति भएको हो । बीसीजी र रोटाभाइरसको थप भ्याक्सिन उत्पादन गर्न भवन बनाइएको थियो ।
कोभिशिल्ड उत्पादन गर्ने मुख्य प्लान्टबाट आगलागी भएको मन्जीरी प्लान्ट तीन किलोमिटर दुरीमा पर्छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने प्लान्ट र उत्पादनमा कुनै क्षति नभएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया