काठमाडौं । भारतले नेपाललगायत ६ मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ ।
आफ्ना छिमेकी नेपाललगायत ६ मुलुकलाई भारतले दुई करोड डोज कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको हो ।
टाइम्स अफ इन्डियाले खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने भएको जनाएको छ । नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससले खोप पाउने छन् ।
भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो । भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी निर्यात गरिनेछ । यो योजना अझै छलफलको क्रममा रहेको छ ।
निर्यातमध्ये केही सहयोगको रुपमा निःशुल्क प्रदान गरिने जनाइएको छ । योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले अरु मुलुकहरुमा खोप निर्यात गरिनेछ ।
तपाईको प्रतिक्रिया