अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले आक्रमण गरेका छन्।
क्यापिटल बिल्डिङमा पसेर ट्रम्पका हिंसक समर्थकहरूले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले आक्रमण गरेका थिए ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। उक्त प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान भने हुन सकेको छैन । मृतक महिला भएको र उनी आम नागरिक रहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया