अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले आक्रमण गरेका छन्।

क्यापिटल बिल्डिङमा पसेर ट्रम्पका हिंसक समर्थकहरूले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले आक्रमण गरेका थिए ।

Your Ad Code Here

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। उक्त प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान भने हुन सकेको छैन । मृतक महिला भएको र उनी आम नागरिक रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग