काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा थप १ हजार ९८७ जनाको मृत्यु भएको छ ।

वल्डमिटर अनुसार पछिल्लो २४ घण्टामै अमेरिकामा १ हजार ९८७ जनाको मृत्यु भएको हो । यससँगै संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ६२ हजार १२३ पुगेको छ ।

Your Ad Code Here

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९० हजार १६५ जनामा संक्रमण पुष्टि भएको भएको जनाइएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड २७ लाख ३६ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८२ लाख ५४ हजार ४१६ जनामध्ये २९ हजार ५८२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग