नाइजर । संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ ।
पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।
मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको छ ।
चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।
नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया