अमेरिका । नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ ।
शुक्रबार बिहानै बिस्फोट हुँदा तीनजना घाइते भएका छन् । बिस्फोटका कारण राज्यभरको सञ्चार सम्बन्धमा समस्या उत्पन्न भएको जनाइएको छ ।
बिस्फोट भएको क्षेत्र नजिकबाट मानव शरीरको सम्भावित अवेषहरु फेला परेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । तर त्यो अवेष मानवको हो होइन भन्ने यकिन भएको छैन ।
सुरक्षाकर्मीले गोली प्रहारको घटना नियन्त्रणका लागि प्रयास गरिरहेका थिए । उनीहरुले सोही क्रममा चेतावनी युक्त सन्देश प्रशारण गरिरहेको क्याम्पर भ्यान फेला पारेका हुन् । त्यसको केही मिनेटपछि नै भ्यान बिस्फोट भएको हो ।
सो भ्यान शुक्रबार नै सो क्षेत्रमा आइपुगेको स्थानीय प्रहरीले जनाएको छ । टेलिकम जाइन्ट एटी एण्ड टी को भवन बाहिर बिस्फोट भएको हो । अहिलेसम्म बिस्फोटको कारण वा उद्देश्य तथा कसले गराएको भन्ने खुलेको छैन ।
तपाईको प्रतिक्रिया