Thursday, May 15, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको दाबी भारतलाई दबावमा राख्ने रणनीति


भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको दाबी भारतलाई दबावमा राख्ने रणनीति

भारत र चीनको बीचमा रहेको भौगोलिक हिसाबले सानो देश भुटान आफ्ना ठूला दुई छिमेकी सीमालाई लिएर विवादमा रहेका बेला त्यसको चपेटामा परेको महसुस गरिरहेको छ।

भारतसँग निकट सम्बन्ध रहेको भुटानको पूर्वी भागमा रहेको क्षेत्र विगतमा विवादित मानिएको थिएन। तर त्यहाँको वन्यजन्तुको आश्रयस्थल रहेको एउटा राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रमा बर्खायाममा चीनले एकाएक नयाँ दाबी गरेपछि भुटान अचम्ममा परेको थियो। धेरै भुटानका टिप्पणीकारहरू यसबारे विस्तृतमा छलफल गर्न चाहँदैनन्, तर धेरैले भारतसँगको सीमा विवादलाई लिएर देखिएको गतिरोधमा बेइजिङले भुटानलाई पनि तान्न खोजेको ठान्छन्। बौद्ध धर्मावलम्बी धेरै रहेको भुटानमा जम्मा जनसङ्ख्या ७,५०,००० रहेको छ।

गत एप्रिल महिनायता विश्वका धेरै जनसङ्ख्या भएका दुई देश चीन र भारतले एकअर्कामाथि आफ्नो सीमामा अतिक्रमण गरेको आरोप लगाउँदै सीमा क्षेत्रमा दशौँ हजार सैनिक परिचालन गरेका छन्। चौधवटा देशसँग सीमा जोडिएको चीनले धेरै देशसँग सीमा विवाद मिलाएको बताउँछ। भारत र भुटान भने याद हुनेगरी अपवाद बनेका छन् किनभने विवादास्पद क्षेत्रलाई लिएर वर्षौंदेखि भएका वार्तामा कुनै प्रगति हुनसकेको छैन।

गत जुन महिनामा संरक्षणसम्बन्धी एउटा भर्चूअल सम्मेलनका क्रममा बेइजिङले पहिलो पटक भुटानको पूर्वी भागमा रहेको करिब ७४० वर्गमा फैलिएको साकतेङ क्षेत्रमा दाबी गरेसँगै उसको यो आश्चर्यलाग्दो कदम आएको थियो। थिम्पुस्थित सरकारले उक्त क्षेत्रमा केही परियोजनाका लागि सहायता गर्न अमेरिकामा रहेको एउटा वातावरणसम्बन्धी समूह ग्लोबल इन्भाइरन्मन्ट फसिलिटीलाई अनुरोध गरेको थियो।

चीनका प्रतिनिधिहरूले भने उक्त क्षेत्र विवादित रहेकोले त्यहाँ कुनै रकम सहायतास्वरूप दिन नहुने भन्दै विमति जनाएका थिए। भुटानले चीनको दाबी अस्वीकार गर्दै सीमालाई लिएर विगतमा भएका २४ चरणको वार्तामा यो क्षेत्रबारे कहिल्यै कुरा नउठेको जनाएको थियो। यो वर्षको सुरुमा २५ औँ चरणको वार्ता राखिएको भए पनि कोरोनाभाइरसको महामारीका कारण त्यो पछि धकेलिएको थियो।

गत जुलाई महिनामा चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीन र भुटानबीचको सीमाङ्कन अझै बाँकी रहेको र मध्य, पूर्वी र पश्चिमी क्षेत्रको सीमा विवादित रहेको बताएपछि कुनै पनि दुविधा बाँकी रहेको थिएन। पूर्वी भागले पक्कै पनि साकतेङ क्षेत्रलाई नै जनाउँथ्यो। भुटानका इतिहासकार कर्मा फुन्त्शो भन्छन्स् ‘साकतेङ राष्ट्रिय निकुञ्ज कहिल्यै पनि विवादित क्षेत्र थिएन र सधैँ भुटानकै नियन्त्रणमा थियो। चीनसँग उक्त क्षेत्रको आबद्धताको कुनै प्रमाण छैन।’

‘ग्लोबल इन्भाइरन्मेन्ट फसिलिटीमा हालै चिनियाँ अधिकारीले गरेको दाबी सायद भुटानलाई चिढ्याउने चीनको प्रयास हो।’ थिम्पु र बेइजिङबीच सन् १९८४ देखिको सीमा वार्ता खासगरी पश्चिममा रहेको २६९ वर्ग किलोमिटर र उत्तरमा रहेको करिब ५०० वर्ग किलोमिटरमा केन्द्रित छ। ‘चीनका सबै आधिकारिक नक्साले साकतेङलाई भुटानकै भाग भनेर देखाउँछन्। सन् २०१४ मा चीन आफ्नो सबैभन्दा महत्त्वाकाङ्क्षी नक्सासहित आयो जसमा बृहत् क्षेत्रीय दाबीहरू गरिएको थियो। त्यसमा भारतको अरुणाचल प्रदेश पनि परेको थियो। तर त्यो नक्सामा पनि साकतेङ निकुञ्ज भुटानकै भागका रूपमा देखाइएको थियो’ भुटानको साप्ताहिक पत्रिका द भुटनिजका सम्पादक तेन्जिङ लम्साङले भने।

भारत र चीनको विवादको बीचमा परेको महसुस गर्नु भुटानका लागि अनौठो होइन। तीन वर्षअघि भारतमा दोक्लाम र चीनमा दोङ्लाङ भनिने क्षेत्रमा देखिएको सङ्कटका कारण सीमासम्बन्धी वार्ता रोकिएको थियो। सन् २०१७ को जुनमा भारतीय फौज र चिनियाँ फौजबीच भिडन्त भएको थियो। चिनियाँ फौजले भारत, चीन र भुटानको त्रिदेशीय सीमामा पर्ने महत्त्वपूर्ण क्षेत्रमा बाटो विस्तार गर्न थालेको थियो। उक्त क्षेत्र भुटानको आफ्नो दाबीको क्षेत्र हो र आफ्नो छिमेकीलाई सहायताका लागि उसको पक्षबाट भारतले चिनियाँ फौजलाई चुनौती दिएको थियो।

दोक्लाम क्षेत्र दिल्लीका लागि रणनीतिक महत्त्वको छ किनभने ‘चिकेन्स नेक’ भनिने कुखुराको घाँटी जस्तो साँघुरो रूपमा बयान गरिने सिलिगुडी करिडोर त्यही क्षेत्रमा पर्छ जसले भारतको उत्तर-पूर्वी राज्यहरूलाई बाँकी देशसँग जोड्छ। भविष्यमा हुने कुनै पनि द्वन्द्वमा चिनियाँ फौजले उक्त करिडोर आफ्नो नियन्त्रणमा लिनसक्ने डर भारतलाई छ। दुवै देशले वार्ताहरू जारी नराखे पनि सीमा विवाद कसरी चर्किन सक्छ भन्ने यसले देखाएको छ।

भूउपग्रहका तस्बिरहरूले दोक्लामको द्वन्द्व भएको क्षेत्र नजिकै चीनले हेलिपोर्ट लगायत बृहत् रूपमा सैन्य सञ्जाल बनाएको देखाएका छन्। ‘भुटानलाई मात्रै नभई भारतलाई पनि दबावमा राख्ने यो एउटा तरिका हो। साकतेङ क्षेत्रको भारतको अरुणाञ्चल प्रदेशसँग सीमा जोडिन्छ र त्यसमा पनि चीनले दाबी गर्दै आएको छ। अरुणाचल प्रदेशको विस्तारका रूपमा बेइजिङले साकतेङलाई हेर्छ’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियालले बताइन्।

तर बेइजिङस्थित चिङ्खुवा विश्वविद्यालयको इन्स्टिट्यूट अफ बेल्ट एन्ड रोड इनिशिअटिभकी शोधकर्ता डा. लु याङको भने फरक दृष्टिकोण छ। ‘सीमालाई लिएर चीनले भुटानलाई थिचोमिचोमा राखेको होइन। भुटान र चीनको सीमा विवाद चीन र भारतको सीमा विवादसँग छुट्याएर हेर्न नसकिने भएर यस्तो भएको हो। यो नै मुख्य चुनौती हो’ उनले भनिन्। बेइजिङको धारणामा, उनी भन्छिन्, ‘चीन-भारतको पूर्वी सीमाको समाधान भनेको भुटान(चीनको सीमाको समाधान पूर्वसर्त हो।’

यसमा प्रतिक्रियाका लागि अनुरोध गर्दा भुटानको विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएन। तर भुटानसँग विकल्पहरू भने सीमित छन्। भारत र चीनबीच दशकौँदेखि तनावपूर्ण स्थिति छ र साम्य हुन पनि कठिन छ। जुनको मध्यमा लद्दाखको सीमा क्षेत्रमा भएको कलहमा २० भारतीय सेना मारिएका थिए भने चिनियाँ पक्षमा कति जना हताहत भए भन्ने खुलेको छैन। भारतीय विश्लेषकहरूका अनुसार थुप्रै चरणमा वार्ताहरू भए पनि चीन उक्त क्षेत्रबाट फिर्ता हुन अस्वीकार गरिरहेको छ।

भारतका छिमेकीहरू चीनको बढ्दो सैन्य र आर्थिक सामर्थ्यसँग उस्ले कसरी जुध्ने निर्णय गर्छ भनेर निकट रूपमा हेरिरहेका छन्। भारत पनि आफू हारेको देखिन चाहँदैन। ‘सबै देशलाई थाहा छ चीनको वास्तविकता। हामीले भौगोलिक यथार्थलाई पनि स्वीकार्न आवश्यक छ। विश्वसँगको हाम्रो पहुँच भारत मार्फत हो। भारतलाई बेवास्ता गरेर चीनसँग जान खोजे पनि त्यो आत्मघाती हुन्छ भन्ने छ’ परिचय खुलाउन नचाहने एक भुटानी विश्लेषकले भने।

उनका अनुसार अबको बाटो के हुनसक्ला भने चीनसँग पनि कुरा गरिरहने र सँगसँगै भारतको सुरक्षा चासोलाई पनि सम्मान गर्ने। इतिहासकार डा. फुन्त्शो भन्छन् भारत र चीनले आफ्नो शक्ति शान्तिका लागि नभई अस्थिरता ल्याउनका लागि प्रयोग गर्छन्। भुटानजस्तो सानो देशका लागि चिन्तित अवस्थामा रहनुको विकल्प नभएको उनी बताउँछन्। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु
banner News

विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु

मंसिर २६, २०७८, ११:०८ AM
भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्दैं, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
अन्तराष्ट्रिय

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

मंसिर २४, २०७८, २:०६ PM
युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने
अन्तराष्ट्रिय

युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने

मंसिर २४, २०७८, १:५२ PM
टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण
अन्तराष्ट्रिय

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण

मंसिर २१, २०७८, १:३० PM
भारतमा ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता
banner News

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

मंसिर २०, २०७८, १०:५४ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

8 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

8 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

9 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

9 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

9 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

9 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि