काठमाडौं। विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य ८२ करोड ५८ लाख तोकिएको छ ।

अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।

Your Ad Code Here

कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् । नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ ।

अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर (८२ करोड ५८ लाख ४० हजार रूपैयाँ) तोकेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग