एजेन्सी । फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ ।
फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ ।
फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् । उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए ।
फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ । फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया