Monday, December 11, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

ट्रम्पको पराजयपछि ह्वाइट हाउस भित्रको दृश्य कस्तो छ


ट्रम्पको पराजयपछि ह्वाइट हाउस भित्रको दृश्य कस्तो छ

ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पको बसाइ सकिन लाग्दा र चुनावको परिणामलाई चुनौती दिने प्रयास अदालतमा विफल भइरहँदा राष्ट्रपति निवास परिसरमा आश्चर्य लाग्ने किसिमको शान्ति छाएको छ।

सञ्चारसम्बन्धी उपनिर्देशक ब्रायन मोर्गेनस्ट्रन ह्वाइट हाउसको चिह्न सहितको ज्याकेट लगाएर वेस्ट विङ्को आफ्नो कार्यालयमा काम गरिरहेका छन्। माथिसम्म चेन लगाएर बसेकाले उनी बाहिर जान लागे जस्तै देखिन्थ्यो। ओभल अफिसभन्दा केही ढोका मात्रै पर रहेको उनको कोठा अँध्यारो थियो र पर्दा पनि लगाइएको थियो।

उनका हाकिम अर्थात् राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको अर्को कुनामा थिए। त्यो समयमा उनी चुनावी परिणामलाई चुनौती दिने अभियानको नेतृत्व गरिरहेका रुडी जुलियानी र पेन्सिलभेनियाको एउटा होटलमा ‘सुनुवाइका लागि’ बसिरहेका सांसदहरूसँग स्पीकर फोनमा कुराकानी गरिरहेका थिए। “यो चुनावमा धाँधली भएको थियो र हामी त्यसो हुन दिदैँनौँ,” फोनमा राष्ट्रपतिले भने। मोर्गेनस्ट्रनले कम्प्युटरको स्क्रिनमा उक्त घटनाक्रमलाई नियालिरहेको भए पनि त्यसमा उनी एकाग्र भइरहेका थिएन।

त्यसको केहीबेरपछि उनले आफ्नो कुर्सी घुमाए र एक आगन्तुकसँग कलेज, घरजग्गाको कारोबार, बेसबल र अन्तिममा सम्झनास्वरूप सुनिने जस्तै राष्ट्रपति ट्रम्पका उपलब्धि सुनाए। पेन्सिलभेनियामा मत परिणामलाई चुनौती दिने ट्रम्पको प्रयास सुनुवाइ भनिएको उक्त छलफल आयोजना भएको धेरै समय नबित्दै विफल भएको छ। कमजोर कानुनी धरातलमा मत परिणामबारे प्रश्न उठाइएको पाइएको थियो। पुनरावेदन अदालतका एक न्यायाधीशले राष्ट्रपतिको चुनौतीमा ‘कुनै आधार’ नरहेको बताएका थिए।

मतपत्र प्रमाणित गर्दा त्यहाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ८० हजारभन्दा बढी मतले जितेको देखाएको छ। एरिजोनामा पनि मतपरिणाम प्रमाणित गरिएको छ र सरकारी अधिकारीहरूले नयाँ राष्ट्रपतिले ज्यानुअरी २० बाट जिम्मेवारी सम्हाल्ने हिसाबमा सङ्क्रमणकालीन काम अघि बढाइएको जनाएका छन्। ट्रम्पले अझै पनि आफू विजयी भएको दाबी गरिरहेका छन्। तर पर्दापछाडि ह्वाइट हाउसका अधिकारीहरूले अवस्था जस्ताको तस्तै देखिरहेका छन्। उनीहरूलाई त्यहाँ आफ्ना दिनहरू घर्किँदै गएको जानकारी छ र उनीहरूले आफ्नो नेताले पराजय बेहोरेको सन्दर्भमा उनीबाटअलग हुनु उपयुक्त हुन्छ भन्ने बुझेकाछन्।

मोर्गेनस्ट्रन भन्छन्, अहिले पनि सदाझैँ काम भइरहेको छ। ‘हामी उत्साहित छौँ र हामी अझै पनि मेहनतका साथ काम गरिरहेका छौँ।” वेस्ट विङमा कैयौँ कार्यालय भए पनि त्यहाँ उनी मात्रै थिए। उनले हातमा कपडाको मास्क बोकेका थिए र त्यहाँ अर्को कोठामा बजिरहेको टेलिभिजनको मधुरो आवाज सुनिन्थ्यो। साधारण अवस्थामा ती कार्यालयहरूमा मानिसहरूको भिड हुन्छ र सहयोगीहरूले चौबीसै घण्टा काम गरिरहेका हुन्छन्। तर अहिले त्यस्तो छैन। ट्रम्पका लागि कुनै बेला एट्लान्टिक सिटी न्यूजर्सीमा रहेको एउटा क्यासिनोको व्यवस्थापन गरेका ज्याक ओ’डनेल भन्छन्, राष्ट्रपतिसँग काम गरेका मानिसहरू यस्तो समयमा किन अलग हुन चाहन्छन् भन्ने उनले बुझेका छन्।

उनले भने, “यस्तो बेलामा तपाईँ संवेदनशील हुन चाहनुहुन्छ। कैसैले पनि गलत कुरा बोल्न चाहँदैन।’ उनी एक पटक अलि तल झुकेको छतको पुनर्निर्माणका क्रममा चलिरहेको कोठामा ट्रम्प हिडिँरहेको एउटा प्रसङ्ग सम्झन्छन्। “त्यहाँ केही समस्याहरू थिए, “ट्रम्पले पुनर्निर्माणका त्रुटि तत्कालै देखेकोतर्फ सङ्केत गर्दै उनले भने। “उनी हावामा उफ्रिए र छतमा मुड्कीले हाने,” ओ’डनेल भन्छन्, “ट्रम्प रिसाएको बेलामा कोही पनि उनको छेउमा पर्न चाहँदैनन्।” राष्ट्रपतिको आक्रोश, महत्त्वाकाङ्क्षा र हाँकका किंवदन्तीहरू नै छन्। आशिंक रूपमा उनी आफ्ना सकारात्मक कुरा बारम्बार दोहोर्‍याएर र विफलतालाई अस्वीकार गरेर सफल भएका हुन्।

उनको आफ्नो जीवनको सुरुवातमा नै त्यस्तै खालको नेतृत्वदायी शैली स्थापना गरेका थिए र पछिल्लो समयमा त्यसलाई व्यापक बनाएका थिए। अघिल्लो हप्ता वेस्ट विङको ब्रिफिङ कक्षमा उभिएर उनले सेअर बजारबारे जस लिएका थिए। मोर्गेनस्ट्रनका अनुसार त्यसो गरेर राष्ट्रपतिले व्यापार सम्झौता सुधार र ऊर्जा स्वायत्ता सहितका आफ्ना नीतिका कारण बजारमा दिलाएको सफलताप्रति खुशी मानेका हुन्। लगानीकर्ताहरूले चाहिँ बाइडेन प्रशासनलाई शक्ति हस्तान्तरणको विषय आधिकारिक रूपमा घोषणा भएकाले सेयरको मूल्य बढेको बताएका थिए।

तर ट्रम्पका लागि उक्त जित उनको थियो। ट्रम्पको विजयको दाबी वा पराजय स्वीकार नगर्ने उनको धारणाले अन्तिम नतिजालाई कुनै असर पार्दैन। बाइडेनलाई सत्ता सुम्पने प्रक्रिया अघि बढिसकेको छ। तर पनि राष्ट्रपतिको धारणाको अर्थ रहन्छ किनभने धेरैले उनलाई प्रशंसा गर्छन्। उनले अर्को चुनाव फेरि लड्ने या नयाँ सञ्चार साम्राज्य खडा गरून्, ह्वाइट हाउस छाडेपछि पनि उनीहरूले उनलाई पछ्याइरहन्छन्। पेन्सिलभेनियामा ट्रम्पले सासंदहरूसँग कुरा गरेको दिन पनि, “चुनावी धाँधली रोक” भन्ने सङ्केतसहित समर्थकहरू होटलबाहिर जम्मा भएका थिए। ट्रम्पलाई चिन्ने व्यक्तिहरू आफ्नो विफलता ढाक्न ट्रम्पले वास्तविकता अस्वीकार गर्ने गरेको बताउँछन्। ओ’डनल भन्छन्, “उनको दिमागमा आफूले हार्ने हुनै सक्दैन। उनले कहिल्यै हार स्वीकार गर्दैनन्। उनले आफूबाट खोसियो भन्ने धारणा राख्नेछन्।” ट्रम्प यतिबेला सिनेटमा रिपब्लिकनको पकड कायम गर्न लडाँइमा छन् र उनी दोस्रो चरणको चुनावका उम्मेद्वारहरूलाई समर्थन गर्न शनिवार जोर्जिया गएका छन्। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु
banner News

विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु

मंसिर २६, २०७८, ११:०८ AM
भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्दैं, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
अन्तराष्ट्रिय

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

मंसिर २४, २०७८, २:०६ PM
युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने
अन्तराष्ट्रिय

युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने

मंसिर २४, २०७८, १:५२ PM
टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण
अन्तराष्ट्रिय

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिन २० हजारमा संक्रमण

मंसिर २१, २०७८, १:३० PM
भारतमा ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता
banner News

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

मंसिर २०, २०७८, १०:५४ AM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

4 weeks पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

9 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

9 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

10 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

10 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि