अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक जो बाइडनले जितेको स्वीकार गरेको देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्।

निर्वाचनमा धाँधलीले भएकोले उनले जिते, रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन्। त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे।

Your Ad Code Here

उनले महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन्। उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन्।

शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित रहेको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए।

अहिलेको निर्वाचन अवस्था
अहिलेको अवस्थामा बाइडन आगामी राष्ट्रपति९निर्वाचितको रूपमा छन्। उनले ३०६ इलेक्टलर कलेज मत जितेका छन् जुन राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी हो।

पुनः मतगणना वा कानुनी चुनौतीले यो नतिजालाई असर पार्ने आकलन गरिएको छैन। कुल मतसङ्ख्यामा पनि बाइडनले ट्रम्पलाई ५० लाखभन्दा बढी मतले पछाडि पारेका छन्।

तर ट्रम्पले त्यो ट्वीट गर्नुअघिसम्म बाइडनको जितका बारे कतै उल्लेख गरेका थिएनन्। शुक्रवारको एक पत्रकार सम्मेलनमा पनि ट्रम्पले भविष्यमा कुन प्रशासन आउँछ भन्ने कुरा कसलाई के थाहा भनेका थिए।-बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग