काठमाडौं । भारतमा थप ५० हजार ४० जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा भारतमा थप ५० हजार ४० जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ९४४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९२ लाख ५१ ह्जार २९ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९५ हजार ७५१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा ६४ लाख २५ हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । हालसम्म ३२ करोड १७ लाख जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका हुन ।
तपाईको प्रतिक्रिया