काठमाडौं । भारतमा एकैदिन १ लाख ५२ हजारभन्दा धेरै नयाँ कोरोना भाइरस संक्रति फेला परेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरै नयाँ कोरोना भाइरस संक्रति फेला परेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ।
तपाईको प्रतिक्रिया