काठमाडौँ । भारतमा एकै दिन ३ लाख ६८ हजार जनामा कोरोना भइरस संक्रमण देखिएको छ ।
२४ घण्टामा ३ लाख ६८ हजार नयाँ संक्रमित भेटिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
योसँगै भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् ।
कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको भारतीय मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया