सिरहा । प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ शुरु भएको छ ।
सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ एक कार्यक्रम बिच शुरु भएको हो ।
बाखरमा नयाँ बजार व्यवस्थापन गर्ने उद्देश्य र स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकद नारा सहित शुरु भएको खेलमा १६ वटा टिमले भाग लिएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले जानकारी दिएका छन् ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको उक्त खेलकुद प्रत्येक बजारको दिन अर्थात प्रत्येक सोमबार र विहिबारको दिन खेल खेलाईने बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।


तपाईको प्रतिक्रिया