काठमाण्डौ । शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको बढि गएकोले मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ ।
शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया