उदयपुर । २२ वर्षीया महिलालई जबरजस्ती करणी गरेको आरोपमा १ युवा पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-६ खैजनपुरका १ युवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा २२ वर्षीय चण्डेश्वर चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग