दमक । टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

हिजो साझ पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगानस्थित सडकखण्डमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको हो ।

Your Ad Code Here

प्रहरीका अनुसार मृत्यू हुनेमा मोरङको रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय नीरन बस्नेत र सोही नगरपालिकाको २४ वर्षीय अनिष कोइराला रहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००१क १०८२ नंम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग