दमक । टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
हिजो साझ पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगानस्थित सडकखण्डमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यू हुनेमा मोरङको रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय नीरन बस्नेत र सोही नगरपालिकाको २४ वर्षीय अनिष कोइराला रहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००१क १०८२ नंम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
तपाईको प्रतिक्रिया