लमजुङ । लमजुङको खोत्रोमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
शनिबार बेँसीशहर-चोम सडकअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुको साथै २ जना गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका-४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ, सात वर्षीया लिउन गुरुङ, २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका-५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली रहेको छ भने, गम्भीर घाइते हुनेमा ट्रक चालक तनहुँ भानु नगरपालिका-३ का २४ वर्षीय सुमन तामाङ र नासो-३ धारापानीका सात वर्षीय मेल गुरुङ रहेका छन् ।
लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताएका छन् ।
तपाईको प्रतिक्रिया