सप्तरी । महोत्तरीमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।
महोत्तरीको सम्सी गाउँपालिका-७ स्थित रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी रामवली खत्बेको घर पूर्णरूपमा जलेर नष्ठ भएको पीडित घरधनी रामवलीले नै बताएको छ ।
टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगले नियन्त्रणमा आएकोको थियो ।
तपाईको प्रतिक्रिया