सप्तरी । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
हिजो बेलुका महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु हुनुको साथै १ जना घाइते भएका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेको छ भने मटिहानी नगरपालिका ८ का २६ वर्षीय सरोज कुमार साह रहेका छन् । घाइते साहको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाएको छ ।
धिरापुरबाट मटिहानीतर्फ जाँदै गरेको ज १ त ७४८४ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया