झापा । जङ्गली हात्तीको आक्रमणबाट गम्भिर घाइते बनेका युवकको मृत्यु भएको छ ।
जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका९२ मा आज बिहान दुई जना घाइते भएका थिए । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती रहेका छन् ।
उनी आज बिहान बुद्धशान्ति गाउँपालिका-२ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो ।
मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । (सांकेतिक तस्विर)
तपाईको प्रतिक्रिया