दाङ । दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ ।
आज विहान १० बजे दाङको लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित आगलागी हुँदा ६ घर जलेर नष्ट भएको हो ।
आगलागिबाट लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर पूर्ण रुपमा नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिए ।
विद्युतको तार सट भइ आगलागी भएको जनाइएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जनाइएको छ ।
.jpg)
तपाईको प्रतिक्रिया