दाङ । दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ ।

आज विहान १० बजे दाङको लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित आगलागी हुँदा ६ घर जलेर नष्ट भएको हो ।

Your Ad Code Here

आगलागिबाट लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर पूर्ण रुपमा नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिए ।

विद्युतको तार सट भइ आगलागी भएको जनाइएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग