चितवन । ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका-३ मार्तलपुल नजिक ट्रक र जिप एक अनपसमा ठोक्किँदा एक मृत्यु हुनुको साथै १जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा धादिङको धुसा गाउँपालिका-१ का २७ वर्षीय महेश फुयाल रहेको छ भने, घाइते हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका-५ का २७ वर्षीय विवेक थापा रहेका छन् । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको जनाएको छ ।
काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो जिप एक-आपसमा ठोक्किएर ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमै मृत्यू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया