मोरङ । बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
हिजो मोरङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका हुन् । प्रहरी दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन् ।
सुस्तमनस्थितिकी बालिका बोल्न नसक्ने घाँस काट्न गएको बेला उनीमाथि करणी भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया