सप्तरी । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
हिजो साँझ सिराहाको गोलबजार नगरपालिका ४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
मृत्यू हुनेमा सिराहाकै नरहा गाउँपालिका ३ खोरियाका ५० वर्षीय चन्देश्वर मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।
पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको भारतिय नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको साइकललाई ठक्कर दिँदा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
तपाईको प्रतिक्रिया