सप्तरी । सप्तकोशी नगरपालिकाको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु भएको नगरप्रमुख उत्तम शर्माले बताएका हुन् । नगरप्रमुख शर्माले स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताएका छन् ।
साथै उनले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताएका छन् । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने उनले प्रतिबद्धता जनाएका छन् । उनले थपदै भने, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।”
नगरपालिकाकी उपप्रमुख आशा चौधरीले कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको बताइन् ।
तपाईको प्रतिक्रिया