विराटनगर । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा जनाको मृत्यू भएको छ भने १ जना गम्भिर घाइते भएका छन् ।
हिजो राती ११ बजे सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसारका लागि प्रयोग गरिँदै आएको टिपर दुर्घटना हुँदा जनाको मृत्यू हुनुको साथैे १ जना गम्भिर घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा टिपर चालक धादिङको थाक्रे गाउँपालिका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका– ४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेको छ भने घाइते हुनेमा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर रहेका छन् । घाइतेलाई उपचारका लागि फाप्लु अस्पतालमा भर्ना गरिएको उनले बताए ।
निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावरको सामान ओसारपसार गर्ने क्रममा बा ४ ख ७९८० नम्बरको टिपर भीरबाट खसेर दुर्घटना भएको ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताए।
तपाईको प्रतिक्रिया