सप्तरी । पोखरा-बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन् ।
शनिबार साँझ पोखरा-बाग्लुङ राजमार्ग जीप दुर्घटना हुँदा २ जनाको मृत्यू हुनुको साथै ७ जना घाइते भएका हुन् ।
मृत्यू हुनेमा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुन रहेको छ ,भने घाइते हुनको नाम खुलन नसकेको प्रहरी जानकारी दिए ।
पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नं को जीप अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया