सप्तरी ।डोटीमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
आज डोटी जिल्लाको शिखर नगरपालिका-८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै ४ जना घाइते भएका हुन् ।
मत्यु हुनेमा शिखर-३ का ५३ वर्षीय पदम जोराको रहेको छ भने घाइते हुनेमा शिखर-३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
तपाईको प्रतिक्रिया