सप्तरी। कोशी राजमार्ग किनारमा पुरुषको शव फेला परेको छ ।
आइतबार बिहान करिब ८ बजे इटहरी उपमहानगरपालिका–१० को राजमार्ग किनारमा पुरुषको शव फेला परेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ । अन्दाजी ५०–५५ वर्षीय देखिने पुरुषको पहिचान खुलेको छैन ।
मापसे सेवन गरी लडेर निधारमा चोट लागी उनको मृत्यू भएको हुनसक्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया