सप्तरी । देशभर चिसो बढ्ने सम्भावना रहेको छ ।
देशभर चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः
पौष २२ गते (बुधबार)
दिउँसोः देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पहाडी भु–भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष २३ गते (बिहीबार)
दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ र सुदुर–पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २४ गते (शुक्रबार)
दिउँसोः प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया