सप्तरी । देशभर चिसो बढ्ने संभावना रहेको छ ।
चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न.१ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
पौष २२ गते (बुधबार)
दिउँसोः देशको सुदुर–पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पहाडी भु–भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष २३ गते (बिहिबार)
दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रहि अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू–भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः प्रदेश न १ र सुदुर–पश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू–भागका एक – दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया