काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जना पक्राउ परेका छन् ।
पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना विमानस्थलबाट पक्राउ परेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका हुन् ।
पक्राउ पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई रहेको एसएसपी बास्तोलाले जानकारी दिए । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए ।
चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया