बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीमा ट्याक्टर दुर्घटना भएको छ ।
बैतडीको सिगास गाउँपालिका ९ बाँजपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबाट बझाङ तर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा परि बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् । चालक महराको दुबै खुट्टा भाँच्चिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।
तपाईको प्रतिक्रिया