सप्तरी । प्रदेश नम्बर २ मा ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा उत्कृष्ट कृषकहरुलाई आठवटै जिल्लाबाट छनौट गरि सम्मानित गरिएका छन् ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगद, दोसल्ला , समानपत्र संगै फुलमाला टीका लगएर सम्मान गरेका हुन्।

Your Ad Code Here

मन्त्री साहले प्रदेश सरकारले स्थापनाकालदेखि नै कृषिमा ध्यान दिँदै आएको बताएका छन् । उनले सम्मान मात्र नभइ अब आउने समयमा कृषिमा धेरै विकास गरेका देश चीन, भारत लगायतमा कृषकलाई भम्रण गराउने समेत बताए ।

साथै उनले ‘यो प्रदेशको मुख्य स्रोत कृषि नै रहेकाले समृद्धि र विकास कृषिमा नै निर्भर रहेका पनि बताए ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग