हाल देशका सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशमा आंशिक देखि सामान्य बदलि रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदलि रहेको छ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १९ गते (आईतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि प्रदेशका एक– दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २० गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २१ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी,बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू–भागहरुका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू–भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया