सप्तरी (फत्तेपुर)। हाल सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १५ गते (बुधबार)
दिउँसोः सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू–भागका एक,दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
रातीः गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १६ गते (बिहीबार)
दिउँसोः सुदुरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः सुदुरपश्चिम, कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १७ गते (शुक्रबार)
दिउँसोः सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तपाईको प्रतिक्रिया